गंगा प्रसाद सिक्किमका 16औं राज्यपालको रूपमा नियुक्त

गान्तोक, 26 अगस्त।

गंगा प्रसादले सिक्किमका 16औं राज्यपालको रूपमा सपथ लिए। आज गान्तोकस्थित नयाँ राजभवनमा आयोजित कार्यक्रममा उनले सपथ लिएका हुन्। राज्यपाल प्रसादलाई सिक्किम उच्च न्यायालयकी कार्यकारी मुख्य न्यायाधीश न्यायमूर्ति मिनाक्षी मदन राईले सपथ दिलाइन्। सपथ ग्रहण समारोहमा राज्यका मुख्यमन्त्री पवन चामलिङ, सिक्किम विधानसभा अध्यक्ष एवम् उपाध्यक्ष, मन्त्रीगण, सिक्किम उच्च न्यायालयका न्यायधीश, लोकसभा सांसद, विधायकगण, राज्य सरकारका वरिष्ठ अधिकारी लगायत अन्यको उपस्थिति थियो।

सपथ ग्रहणपछि मुख्यमन्त्री चामलिङ लगायत उपस्थित विशिष्ठगणले नवनियुक्त राज्यपाललाई पारम्परिक खदा लगाए। यसपछि राज्यपाललाई सैनिक सलामी दिइयो। राज्यपाल प्रसादले 18 वर्षसम्म बिहारको विधान परिषदका सदस्यको रूपमा सेवा पुऱ्याउनका साथै बिहार विधानसभा परिषदमा भारतीय जनता पार्टीबाट विपक्षका नेतापनि भइसकेका छन्। यस अघिको एनडीए सरकारमा उनी बिहार विधानसभा परिषदका नेताको रूपमा रहिसकेका छन्। उनी श्रीनिवास पाटील पछि सिक्किमका 16औं राज्यपालको रूपमा नियुक्त भएका हुन्।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

69 + = 78

Feedback