TRANSIT CAMPS SET UP IN ALL FOUR DISTRICTS

TRANSIT CAMPS SET UP IN ALL FOUR DISTRICTS

गान्तोक, 21 अप्रेल (आईपीआर)। राज्य सरकारले आजको मितिसम्म सिक्किम राज्यमा नोभेल कोरोना भाइरस फैलिनबाट रोक्न होसियारीपूर्वक सबै सावधानीका उपायहरू अपनाइरहेछ। राज्यमा अहिलेसम्म शुन्य कोभिड 19 मुद्दाको स्थितिको राष्ट्रले सराहना गरिरहेछ।

3 मईसम्म बढ़ाइएको राष्ट्रव्यापी लकडाउनलाई मध्यनजर गरेर जिल्ला प्रशासनले राज्य भरिका विभिन्न स्थानमा पारगमन शिविर (Transit Camp/टान्सिट क्याम्प)-को स्थापना गरेको छ। राज्य बाहिरबाट आवश्यक सामग्री तथा खाद्यान्न लिएर आउने चालक तथा सहयोगीहरूका निम्ति बस्ने व्यवस्थालाई ध्यानमा राखेर पारगमन शिविर स्थापित गरिएको हो।
आम नागरिकमा कोभिड 19 सर्नसक्ने जोखिमलाई कम गर्ने उद्देश्यले यस पहलको शुरूवात गरिएको हो।

चालक तथा सहयोगीहरूलाई बस्ने तथा खाने व्यवस्था मिलाउने उद्देश्यले निम्न पारगमन शिविर स्थापित गरिएको छ।

पूर्व जिल्लाका लागिः

1. सिङताम बिहारी धर्मशाला, सिङताम
2. रम्फू वरिष्ठ माध्यमिक विद्यालय (एसएसएस)
3. पाकिम निम्न माध्यमिक विद्यालय (जेएचएस)
4. रङ्गेली माध्यमिक विद्यालय (एसएस)
5. तार्पीन माध्यमिक विद्यालय (एसएस), रिनाक
6. बृहस्पती पर्साई वरिष्ठ माध्यमिक विद्यालय (एसएसएस), रानीपूल

पश्चिम जिल्लाका लागिः

1. सरकारी कन्या वरिष्ठ माध्यमिक विद्यालय (एसएसएस)-को पृक्षागृह, क्योङसा (10-जनाको क्षमता)
2. सिस्ने पेट्रोल पम्प, सिस्ने (30-जनाको क्षमता)

दक्षिण जिल्लाका लागिः

1. प्रधान होटल, नाम्ची
2. मारवाडी धर्मशाला, जोरथाङ
3. बागवानी विभाग भवन, मल्ली

उत्तर जिल्लाका लागिः
1. टिस्टा ऊर्जा अतिथि गृह, गुड्डु होटल, मगन, पेट्रोल पम्प परिसर
2. अतिथि गृह, ओल्ड कम्प्लेक्स, चुङथाङ

यी माथि उल्लेखित पारगमन शिविरमा चालक तथा सहयोगीहरूलाई निःशुल्क बस्ने व्यवस्था अनि खाना उपलब्ध गरिनेछ। सही रेकर्डको लागि सम्बन्धित जिल्लाका मुख्य चिकित्सा अधिकारीले चालक तथा सहयोगीको चिकित्सा सुविधासहित समय-समयमा जाँचको सुविधा मिलाउनुपर्नेछ।

शिविरको स्वच्छता समय-समयमा गरिनेछ।

पारगमन शिविरमा प्रवेश गर्ने चालक तथा सहयोगीले अनिवार्य रूपमा आरोग्य सेतु मोबाइल एप इन्सटल गर्नुपर्नेछ। शिविर परिसरमा सुरक्षा तथा उचित वाहन विसौनी सुविधाको सम्बन्धित एसएचओ-ले सुनिश्चित गर्नुपर्नेछ।

राज्य बाहिरबाट आवश्यक सामग्री तथा खाद्यान्न लिएर आउने चालक तथा सहायकहरूले आफ्नो आवासमा जान नपाउने अनि कुनै पनि अन्य परिवारका सदस्यहरूसित सम्पर्कमा नाउने कुराको सुनिश्चित गर्न शहरी स्थानीय निकाय (यीएलबी)-का सबै पार्षद् तथा पञ्चायत सभापतिलाई निर्देश दिइएको छ। समग्र राज्यवासीको सुरक्षाको सुनिश्चित गर्ने उद्देश्यले चालक तथा सहयोगीहरूले आफ्नो निर्दिष्ट पारगमन शिविरको ध्यानपूर्वक पालन गर्नुपर्नेछ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 20 = 21