आरोग्य सेतु मोबाइल एपलिकेशन

सिक्किम सरकारले आरोग्य सेतु मोबाइल एपलिकेशन इस्टल गर्नमा अधिक प्राथमिकता दिएको छ। 20 अप्रेलदेखि केही आवश्यक सेवाहरू शुरू गर्नासाथै सबै वर्गका मानिसका निम्ति यो एप अनिवार्य पनि गरेको छ।

आरोग्य सेतु एप के हो?
आरोग्य सेतु एउटा मोबाइल एप हो जसको विकास इलेकट्रोनिक्स तथा सूचना प्रौद्योगिकी (आईटी) मन्त्रालयले गरेको हो। नागरिकले कोभिड 19 संक्रमणको जोखिमबाट आफूलाई बचाउनमा सहयोग पुगोस भन्ने उद्देश्यले यो एपको शुरूवात गरिएको हो।

यसले कसरी काम गर्छ?
आरोग्य सेतु एप केन्द्र सरकारको कोरोना भाइरस ट्र्याकर एप हो जसले सम्पर्क चाल पाउने आधारमा काम गर्दछ अनि यस एपले प्रयोगकर्तालाई उ भएको स्थान सम्भावित कोरोना भाइर हटस्पट हो या होइन भन्ने कुराको पहिचान गर्नमा सहयोग पुऱ्याउँदछ। यसले मानिसलाई सुरक्षि रहनमा सहयोग पुऱ्याउनका साथै आवश्यक सावधानी अपनाउन अनि अन्यलाई सार्नबाट रोक्नमा सहयोग पुऱ्याउँदछ।

तपाईलाई यो हुन किन जरुरी छ?
केन्द्र सरकारको निर्देशअनुसार सिक्किम सरकारले जनहितका लागि राज्य तथा राज्य बाहिर रहेका सम्पूर्ण सिक्किमवासीले आरोग्य सेतु मोबाइल एपलिकेशन इन्सटल गर्न अनिवार्य रहने बनाएको छ। यसका साथै लकडाउन सकिएपछि राज्यमा प्रवेश गर्ने योजना बनाएका सबैले यो एप इन्स्टल गर्नुपर्नेछ (राज्यमा प्रवेश गर्नभन्दा 14 दिन अघि नै यो एप डाउण्डोल गरेको हुनुपर्नेछ)। राज्य सरकारले राज्यमा वापस आउनेहरूलाई इमान्दार भएर स्वघोषित (सेल्फ डिक्लेरेशन फर्म) फर्म भर्दा आफ्नो ट्राभल हिस्ट्रिको जानकारी दिने अनि राज्य प्रवेश गरेपछि उनीहरूले कडाइका साथ 14 दिनसम्मका लागि होम क्वारेन्टाइनमा बस्नुपर्ने निर्देश दिएको छ।

आरोग्य सेतु मोबाइल एप कहाँ-कहाँ आवश्यक पर्दछ भनेः
– वाहनको पर्मिट/ई-पास बनाउँदा
– अधिकारी तथा कर्मचारीले अफ्नो रोस्टर ड्युटिका लागि कार्यालय (अफिस) जाँदा
– सर्वसाधारण (पब्लिक)-ले सरकारी कार्यालय भ्रमण गर्दा
– खण्ड स्तरका अधिकारी तथा कर्मचारी अनि सम्पूर्ण पञ्चायति राजका कर्मचारीलाई
– कोभिड 19 अग्रिम पङ्कति (फ्रन्टलाइन)-का कर्मीहरूलाई
– शिक्षकगण, विद्यार्थीवर्ग अनि समग्रमा सम्पूर्ण नागरिकसे

सरल भाषामा भन्नुपर्दा, लकडाउन अवधि अनि त्यसपछि पनि कुनै पनि सार्वजनिक आवागमनका लागि एपको आवश्यकता पर्दछ।
कन्टेक्ट ट्रेस गर्नु कोभिड 19 विरूद्धको लडाइका निम्ति अघिल्लो कदम हो।

यस्तै प्रकारको मोबाइल एपलिकेशन अन्य राष्ट्रले पनि विकास गरेको छ।
यो डेटा केवल सरकारसित साझा गरिन्छ अनि एपले उपयोगकर्ताको नाम र नम्बर सार्वजनिक गर्ने अनुमति दिँदैन।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 3 =